ग्लोबल टिभि
0
असार २६ – यही असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने अनिल बुढा मगरद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को मंगलवार साँझ काठमाडौंमा प्रीमियर शो सम्पन्न भएको छ ।
कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रीमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न राजनैतिक दलका नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो ।
मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको यो फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए । मिरुना मगर र दयाहाङ राई ।
जनक घर्ती मगरले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
Post Views: 339
Leave a Reply