मुकुलले ‘प्रस्ताव यात्रा’ गर्ने: ‘जनताको कुरा कालो कोठाभित्र गर्नुपर्ने हो ? सोध्छु

 ग्लोबल टिभि           0

असार २६ –  समीक्षा यात्राको प्रतिवेदनका कारण रास्वपाको महामन्त्री र प्रवक्ता पदबाट बर्खास्तीमा परेका डा मुकुल ढकालले आगामी महिना ‘प्रस्ताव यात्रा’ गर्ने उद्घोष गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले यो कुराको उद्घोष गरेका हुन् ।

‘जनताको कुरा गर्दा रवि लामिछाने क्लबबाट कारबाही भएको हो । अब के बोल्ने र के नबोल्ने निर्धारण गर्नुपर्ने छ,’ ढकालले भने,‘यो निर्धारण गर्न आगामी महिना प्रस्ताव यात्रा गर्छु ।’

यात्रामा धेरै जनताको घरमा जाने र त्यहाँ के कुरा बोल्नहुन्थ्यो, के हुन्नथ्यो सोध्ने उनले बताए  । उनले भने,‘म जनतामा गएर सोध्छु–मैले जनताको कुरा बोल्दा कालो र गोप्य कोठाभित्र गएर बोल्नुपर्ने हो ?’

जनताको कुरा खुला हृदयसाथ भन्न नपाइने हो रु भनेर जनतामा गएर प्रश्न सोध्दै नयाँ प्रस्ताव लिएर आउने ढकालले   बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *