इरानका नवनिर्वाचित राष्ट्रपतिले जुलाई ३० मा शपथ लिने

 ग्लोबल टिभि           0
Iran’s President-elect Masoud Pezeshkian speaks in a meeting a day after the presidential election, at the shrine of the late revolutionary founder Ayatollah Khomeini, just outside Tehran, Iran, Saturday, July 6, 2024. (AP Photo/Vahid Salemi)

असार २६ –   इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानले आगामी जुलाई ३० मा संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

इरानी विधायिकाको पद तथा गोपनीयताको सपथ ग्रहण समितिका सदस्य मोज्ताबा युसेफीई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले लेखेको छ, “नवनिर्वाचित राष्ट्रपति पेजेस्कियानको शपथ ग्रहण समारोह जुलाई ३० मा हुनेछ ।”

युसुफीले यसै साताको सुरुमा शपथ ग्रहण अगस्ट ४ वा ५ मा हुने सम्भावना रहेको बताएका थिए ।

इरानका राष्ट्रपतिलाई राष्ट्रप्रमुखको अधिकार दिइएको छैन । राष्ट्रप्रमुखले सम्हाल्ने सबै अन्तिम अधिकार सर्वोच्च नेतालाई दिइएको छ । अयातुल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि यो पद सम्हाल्दै आएका छन् ।

गत शुक्रबार (जुलाई ५) मा भएको निर्वाचनमा पेजेस्कियानले परम्परावादी समूहका सइद जलीलीलाई पराजित गर्दै दोस्रो चरणको निर्वाचनमा जित हात पारेका थिए ।

निर्वाचनमा ६९ वर्षीय सुधारवादी पेजेस्कियानले कुल खसेको तीन करोड मतमध्ये करिब ५४ प्रतिशत मत प्राप्त गरेका थिए ।

गत मे महिनामा राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि जुन २८ का लागि पहिलो चरणको निर्वाचनको घोषणा गरिएको थियो । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पस्ट बहुमत अर्थात् खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन असफल भएपछि प्रतिस्पर्धी दुई उम्मेदवारबिच जुलाई ५ मा दोस्रो चरणको निर्वाचन भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *