कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–४ का वडा सदस्यले नगरपालिकाको कार्यालयमा बञ्चरो प्राहार गरेका छन् ।
वडा सदस्य कालीबहादुर शाहीले मदिरा सेवन गरी मंगलबार बेलुका नगरपालिका कार्यालयमा बञ्चरो प्रहार गरेका हुन् ।
नगरपालिका प्रमुख कासीचन्द्र बराल, प्रमुख प्रशासकीय अधिकृतले फोन नउठाएको र आफूले काम गरेको योजनाको रकम भुक्तानी नदिएको भन्दै नगरपालिका कार्यालयमा बञ्चरो प्रहार गरेको उनले बताएका छन् ।
रास्कोट नगरपालिका वडा नं. ४ स्थित सिम्भुनाथको मन्दिर नजिकै धर्मशाला बनाउने योजना थियो । योजनाको काम पूरा गर्न चालु आर्थिक वर्षमा नगरपालिकाबाट १० लाख बजेट दिने निर्णय गरेको थियो ।
प्रहरीले वडा सदस्य शाहीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रास्कोटका इन्चार्ज राजनकुमार मल्लले वडा सदस्य शाहीले नगरपालिकाको कार्यालयमा बञ्चरो हान्दै गर्दा पक्राउ गरिएको जानकारी दिएका छन ।
Leave a Reply