गुगललाई टक्कर दिन ओपनएआईले ल्यायो ‘सर्च जीपीटी’

 ग्लोबल टिभि           0

साउन ११ –  अमेरिकी आर्टिफिसियल इन्टेजिन्स कम्पनी ओपनएआईले नयाँ सर्च इन्जिन डिजाइन गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको ‘सर्च जीपीटी’ले वेबसाइटहरूबाट समयानुकूल जानकारी दिने भनिएको छ ।

च्याटजीपीटीजस्तै सर्च जीपीटीले वेबबाट टेक्स्ट र फोटोमा आधारित जानकारी दिने कम्पनीले जनाएको छ । यसले विभिन्न आवश्यकताअनुसार होटल, मौसम पूर्वानुमानजस्ता स्थानका जानकारीसमेत दिने बताइएको छ ।

जीपीटी–३.५, जीपीटी–४ र जीपीटी–४ओ मा आधारित यो सर्च इन्जिनलाई कम्पनीले अहिले प्रोटोटाइप भनेर थोरै मानिसका लागि मात्रै सार्वजनिक गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *