निकिशा माथि भएको दुर्व्यवहारको भिडिओ अपलोड गर्ने पक्राउ

 ग्लोबल टिभि           0

काठमाडौं । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका–२ टौमढीका विशेष जोशीलाई आज बिहीबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार जोशीले नै टिकटकमा भिडिओ अपलोड गरेका थिए ।

निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध हुनाका साथै कारवाहीको माग पनि हुँदै आएको छ ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

भिडियो उनले अपलोड गरेको भए पनि खिचेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको पनि प्रहरीको भनाइ छ ।

श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा आइरहेको छ । भिडिओमा श्रेष्ठलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ ।

आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले सो समूहलाई लखेट्न खोजेको देखिन्छ । मोटरसाइकलमा रहेको समूहले श्रेष्ठलाई दुर्व्यवहार गरेको आशंका गरिएको छ ।

पहिले निकेश नाम भएकी निकिशा अहिले आफूलाई केटी भनेर चिनाउन चाहन्छन् । सामाजिक सञ्जालमा उनका विभिन्न भिडिओ चर्चामा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *