काठमाडौँको खोप कार्यक्रम स्थगन

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २७, २०७८      0

काठमाडौँ : महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगन भएको छ । मंगलबारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन भइरहेकोे कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगन भएको हो ।

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेका कारण कार्यक्रम रोकिएको बताए ।

‘सरकारले ६५ हजार मात्रा उपलब्ध गराउछु भनेपछि खोप लगाउने कार्यक्रम शुरु गरेका थियौँ’, कुँवरले भने, ‘अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ ।’

गत साता मित्रराष्ट्र चीनले १० लाख मात्रा खोप सहयोगस्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभर ६० देखि ६५ वर्षसम्मका नागरिकलाई लगाउने कार्यक्रम बनाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *