आजको मौसम: एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २८, २०७८      0

देशको पुर्वी भूभागमा पूर्वीय वायु र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण मौसममा आंशिक देखि सामान्य बदलीको भएको छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, वागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *