देशभर २२ जनामा हैजा पुष्टि, सुरक्षित र स्वास्थ्यकर रहन चिकित्सकको आग्रह

 ग्लोबल टिभि           0

साउन १७ –  बर्खायामसंगै सुरु भएको संक्रामक रोग हैजाको संक्रमण बढ्दै गएको छ । ललितपुरमा १४, कैलालीमा ७ र काठमाडौँमा १ जना गरी देशैभर २२ जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ । भिब्रियो कोलेरा नामको जिवाणुबाट सर्ने संक्रामक रोग हैजा दुषित पानीबाट सहजै सर्ने भएकाले खानपान तथा पिउने पानीमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

पानीजन्य संक्रामक रोग हैजा पछिल्लो केहि दिनदेखि बढ्दै गइरहेको छ । यसवर्ष देशैभर २२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हरेक वर्ष बर्खायाम सुरु भएसंगै फैलिने संक्रामक रोग हैजा गम्भिर खालको झाडापखाला हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण कार्यालयले ललितपुरमा १४, कैलालीमा ७ र काठमाडौँमा १ जना गरी दशैभर २२ जनामा हैजा संक्रमण पुष्टि भएको बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा इमाडोल १ र ललितपुरमा १ जना गरी जम्मा २ जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महामारी व्यवस्थापनका शाखा प्रमुख डा.मुकेश पौडेल बताउँछन् ।

अघिल्लो वर्ष काठमाडाँै उपत्यकामा १२ जनामा हैजा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, सन् २०२२ मा काठमाडाँै उपत्यकामा हैजाले महामारीको रुप लिएको थियो । उक्त समयमा ७७ जनामा हैजा पुष्टि भएको थियो भने २०२१ मा महामारीको रुप लिएको हैजाले कपिलबस्तुमा केही मानिसहरुको मृत्यु समेत भएको थियो । हैजा भिब्रियो कोलेरा नामको जिवाणुका कारण लाग्ने गर्दछ । हैजा संक्रमितको समयमै उपचार नभए केही घण्टामै यसका कारण मानिसको मृत्यु पनि हुन सक्छ । विशेषगरी व्यक्तिगत स्वच्छतालाई ध्यान दिने हो भने हैजा संक्रमण चिकित्सकहरुको भनाई छ ।

निरन्तर चौलानी पानी जस्तो पखाला लाग्नु, तारन्तार बान्ता हुनु, शरीरमा पानीको मात्रा कम हुनाले पेट अथवा खुट्टाका मांशपेशीहरु बौडिनु, आलस्य हुनु, बेचैनी हुनुजस्ता यसका प्रमुख लक्षण हुन् । खान खानुअघि र खाएपछि, फोहोर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा हैजाको निवारण गर्न सकिन्छ । यसका साथै हैजा दुषित पानीबाट सहज तरिकाले फैलिने भएकाले व्यक्तितिगत सरसफाइका साथै स्वच्छ पानी सेवन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *