साउन १८ – अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले हजारौँ कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । आफ्नो सञ्चालनलाई व्यवस्थित बनाउन कूल कर्मचारीमध्ये १५ प्रतिशतलाई कामबाट निकाल्ने बिहिबार कम्पनीले घोषणा गरेको हो ।
हाल इन्टेलमा विश्वभर १ लाख २५ हजार जनाले काम गरिरहेका छन् । यसको अर्थ कम्पनीले १९ हजारसम्म कर्मचारीलाई कामबाट निकाल्न सक्नेछ । सन् २०२५ मा १० अर्ब डलर बचाउने योजना अन्तर्गत कम्पनीले खर्च घटाउन यो कदम चालेको हो ।
सन् २०२६ सम्ममा कम्पनीले वर्षेनी अनुसन्धान तथा विकास र मार्केटिङमा पनि अर्बौ डलर खर्च घटाउने भएको छ । यो वर्ष कम्पनीले पूँजीगत खर्च २० प्रतिशतभन्दा धेरैले घटाउने भएको छ । आवश्यक नभएका काम रोक्नेदेखि पुनःसंरचना गर्ने र खर्च नियन्त्रण गर्न सबै सक्रिय परियोजना र उपकरणहरूको समीक्षा पनि गरिने भएको छ ।
इन्टेलले यो वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६० करोड डलर घाटा बेहोरेको हालै सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । अघिल्लो त्रैमासमा घाटाको आकार ४३ अर्ब ७० करोड डलर थियो ।
Leave a Reply