साउन २७ – नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले विद्युतीय सवारी साधनको ¥याली आयोजना गरेको छ । इन्धनमा हुने खर्च जोगिने भन्दै नेपालमा पछिल्लो समय विद्युतिय सवारी साधनको आयातमा वृद्धि हुँदै गएपछि प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामूलक ¥याली गरेको हो । त्यसोत पछिल्ला वर्षहरुमा विद्युतिय सवारी साधनको प्रयोग समेत बढदै गएको देखिएको छ । गएको एक वर्षमा मात्रै ११ हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतिय सवारी साधनको प्रयोग र प्रवद्र्धनका गर्नका लागि विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएको छ । शनिवार नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९ औं वार्षिकोत्सवको अवसरमा विद्युतीय सवारी साधनको ¥याली समेत आयोजना गरेको छ । देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्न ¥याली आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट शुरु भएको विद्युतीय सवारी साधनको ¥याली माईतीघर, नयाँ बानेश्वर, तीनकुने, , महाराजगञ्ज, , दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी समापन गरिएको थियो । नेपालमा पछिल्लो समय विद्युतिय सवारी साधनको भित्रिने क्रम बढ्दै गइरहेको छ ।
चालू आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा आइपुग्दा विद्युतीय गाडीहरूको आयातमा वृद्धि भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । गएको एक वर्षमा ११ हजार भन्दाबढी विद्युतीय गाडी नेपाल भित्र्याइएको छ । ११ महिनासम्मको कूल विद्युतीय गाडी आयलाई हेर्दा जेठ महिनामा मात्रै २ हजार ९ सय ६९ बाट विद्युतीय गाडीहरू नेपाल भित्रिएका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ म ११ हजार ७ सय १ ईभी नेपाल भित्राइएको भन्सार विभागले जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा कुल ४ हजार ५० विद्युतीय गाडी आयात गरिएको थियो । यी गाडीको आयात मूल्य २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ छ । यसबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
सबैभन्दा धेरै ५१ देखि १ सय किलोवाट क्षमताका ६ हजार ८ सय ८५ ईभी नेपाल भित्रिएका छन् । दोस्रोमा ५० किलोवाट क्षमतासम्मका ४ हजार ५ सय ७१ जीप, भ्यान र कार आयात गरिएको विभागले जनाएको छ । विभागका अनुसार, उक्त अवधिमा चीनबाट मात्र ८ हजार ६५ विद्युतीय गाडी भित्राइएको छ । दोस्रोमा भारतबाट ३ हजार ३ सय ७७ विद्युतीय गाडी आयात गरिएको छ । नेपाली बजारमा अहिले दर्जन भन्दा बढी ब्रान्डका विद्युतिय सवारी साधन पाइन्छन् ।
Leave a Reply