कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै

 ग्लोबल टिभि           0

साउन २८ –  गत बुधबारदेखि जारी  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज आज सकिँदैछ। भोलिबाट संसद बैठक भएकोले आज अबेरसम्म भएपनि बैठक सक्ने तयारी रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। उनले भने, ‘अब २० जना केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको छ, र त्यसपछि पदाधिकारीले धारणा राखेर सभापतिले जवाफ दिएपछि निर्णय गर्ने तयारी छ।’

बैठकमा गत बुधबार प्रस्तुत भएका ११ वटा एजेण्डा माथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा  राखिरहेका छन्। त्यसपछि पदाधिकारीले आफ्नो धारणा राख्नेछन्।  आजको बैठकले गत फागुनका सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने कांग्रेसको तयारी छ।

महामन्त्री गगन थापाको ०८४ को चुनावमा गठबन्धन नगर्ने र माओवादी युद्धका कारण देश पछाडि धकेलिएको उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनका कारण माओवादीले कांग्रेससँगको सहकार्य तोडेको थियो।

माओवादीले एमालेसँग मिलेर सरकार बनाएको थियो। अहिले कांग्रेसले एमालेसँग मिलिजुली सरकार बनाएपछि मात्रै महासमिति बैठकका प्रतिवेदन पारित गरेको गरेको हो।

कांग्रेसले ०८४ को चुनाव एक्लै लड्ने महामन्त्री थापाको प्रतिवेदनमा संशोधन नगर्ने भएको छ। तर, माओवादी युद्धका कारण देश पछाडि परेको भन्ने उपसभापति खड्काको प्रतिवेदनमा भने थप छलफल गरिरहेको छ।

कांग्रेसले भदौ १५ देखि मंसिर १५ सम्म सय दिन देशभर संगठनात्मक अभियान चलाउने भएको ५। अभियानमा केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने तयारी कांग्रेसको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *