एलन मस्कलाई सल्लाहकार बनाउन ट्रम्प तयार

 ग्लोबल टिभि      मङ्लबार, भदौ ४, २०८१      0

भदौ ४ –   अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका छन् ।  अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार रहेका ट्रम्पले  मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् ।

के मस्कलाई सल्लाहकार अथवा क्याविनेटमा स्थान दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्– ‘अवश्य पनि दिन्छु ।’

ट्रम्पले मस्कलाई अत्यन्तै बुद्धिमान व्यक्तिको संज्ञा दिँदै उनले चाहे सल्लाहकार अथवा मन्त्री पद दिन सकिने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

टेस्ला र स्पेस एक्सका मालिक मस्कले हालै सामाजिक सञ्जाल एक्स (ट्विटर) मा ट्रम्पको अन्तरवार्ता लिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *