मेरा दुई नयन

 ग्लोबल टिभि           0

मेरा दुई नयन
ति दिनहरु
आज पनि ताजा छन्
मेरो मस्तिष्कमा
श्री ३ हरुको हुकुमी शासन
बोली नै कानुन
रिष व्दोयस
खसी बक्सीस र अपराध
रैतीहरुको जीउज्यान बैभव मात्र कहाँ हो र
कोपीला अस्मितामा समेत
गिद्धे नजर
मेरै अगाडि लुटिदा
साक्षि वने
मेरा यी दुई नयन
तथापी
मेरै अगाडी ढल्यो गल्र्याम्म
खोसिए पदवी मान र अलड्कारहरु
मेरा दुई नयन
खुसीले अश्रुधारा बगे
तर दुर्भाग्य
यि अभागी नयनहरुमा
फेरी रगत मिसिएको जलधारा
पात्र फरक चरित्र उही
व्यक्ती फरक प्रवृत्ति त्यही
नाम प्रजातन्त्रको बुझाई क्रान्तिको
व्यवहार डाकु गुण्डा र लुटेराहरुको
चारतारे झण्डा भित्र चलाइए डण्डाहरु
लखेटिए नव जवानहरु
गाउँ उजाड भो
हर्पेको घिउदेखि
सत्तरी वर्षे बुढीको जिउसम्म
लुटिएको दृष्यहरु
टुलुटुलु हेरे
यि मेरा दुई नयन
तर टिकेन धेरै दिन
७ देखि १७ सम्मको
दश वर्षे लुटतन्त्र

अस्तायो पञ्चेको आगमन संगै
फेरी रमाए मेरा नयन
अवत भोग्न पर्दैन
मध्यान्हको टन्टलापुर घाममा
मध्यरातझै लाग्ने
कहाली लाग्दा दृष्यहरु
तर दुर्भाग्य
फेरी सुरुभयो वितण्डा
विपक्षी विचार सुन्नै नसक्ने
लुटिए सुमिता नमिताहरु
प्रतिकार गर्दा
जिउँदै बगाईयो सेतिको भेलमा
धरपकड र हत्कडी सहित
सयांै राजवन्दी थुनिए जेलमा
मारीए इले थामी

रत्न बान्तवाहरु
छिन्ताङको घाउ सुक्न नपाउँदै
पिस्करमा वग्यो रगतको खोलो
तथापी उठे जनता फाले पञ्चायत
आहा फेरी टुसायो आशाको मुना
शिशु प्रजातन्त्र
बामे सर्न खोज्दै गर्दा
क्षितिजमा लाग्यो
फेरि कालो बादल
लुटिए फेरी सपनाहरु
चढाईयो मानव बली
मौलोमा काटेको क्रृर दृष्य
हेर्नुपर्ने
पत्नी र नावालक संगै बसेर
हाँसे रगत पिएर नाच्नेहरु
मान्छेको मासु खाएर बाँच्नेहरु
जारी भो उर्दी
यो देश मेरो हो
असहमत बिचारलाई
झुण्डयाइयो रुखमा
जिउँदै पुरियो खाल्डोमा
बधसालामा पशुवध गरै झैं
विभत्स मृत्युहरु
घाँटी सेरेको रगतको सिर्कोले
पखालियो पत्नीको सिन्दुर
यि सवै पासविक दृष्यहरु
टुलुटुलु हेरी रहे
मेरा दुई नयन
अति भयो
सायद आफै सकिने भयले वा
अघाए मानव रगतले
राक्षसहरु
विसाए वन्दुक

छिरे राज्य सत्तामा
जे होस रोकियो मानवबली
खुसीको अश्रुधारा बगाए
मेरा दुई नयन
हेर्दाहेर्दै बिचरा ति सर्वहारा
शाक्क्षरहरू मन्त्री भए
महल र किगमार्ट चलाउन गए
तिनलाई तुरतुरे लाग्दा
उपचार गर्न सिङ्गापुर गए
राज्य कोष
यिनैको पेवा भए
तर
मैले पानी ल्याउने
जलुके कुवा उस्तैछ
मैले गाईवाख्रा चराउन लाने
घोप्टे भिरको बाटो उस्तै छ
तिला खोलो उस्तै छ
उस्तै छ तारे भिर
वाटुले चौर उस्तै छ
चील गाडि आउछ जान्छ
फरक यत्ती छ
खेतबारीहरु बाँजिए झन
नाती नातिनाहरु बिदेसिएका छन्
मन अमिलो भएको छ
दौतरी संगी सवै गए
मेरो सिङ्गो शरिर जिर्ण भएको छ
तथापी
जानेदिन कुर्दै टुलुटुलु हेर्दैछन्
मेरा यी दुई नयन

लेखकः बालकृष्ण शर्मा

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *