शिक्षामन्त्रीले माग्नि सुरक्षा, विश्वविद्यालय पार्टी आन्दोलनको अखडा बन्दै

 ग्लोबल टिभि      बिहिबार, भदौ ६, २०८१      0

भदौ ६ –      देशकै ठुलो र जेठो त्रिभुवन विश्वविद्यालयमा मुख्यत शैक्षिक वातावरण हुनुपर्ने हो । विद्यार्थीले नियमित रूपमा स्थापित मान्यता र सिद्धान्तदेखि नवप्रवर्तनसम्मका विषयमा बहस गरिरहेको हुनुपर्ने हो । तर यस्तो वातावरण हुनुको साटो विश्वविद्यालय बारम्बार असुरक्षित बन्दै गएको छ । यतिसम्मकी सिंगो विश्वविद्यालय असुरक्षित बन्दै गर्दा शिक्षामन्त्रीले सार्वजनिकरुपमै सुरक्षा माग गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । पदाधिकारीहरूले समाजशास्त्र विभागका प्रमुखको नियुक्तिलाई लिएर सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताहरूले धम्की दिएको बताएका छन् । सिंगो विश्वविद्यालय असुरक्षित बन्दै गर्दा शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेकाले सुरक्षा व्यवस्था मिलाइदिन गृहमन्त्रीसँग आग्रह समेत गरेकी छन् ।

गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत गृह मन्त्रालयलाई उनले अनुरोध समेत गरेकी छन् । पछिल्लो समय त्रिभुवन विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने थलो नभई पार्टीगत आन्दोलनको अखडा बन्दै गरेकाले समस्या आउने गरेको शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइराला बताउँछन् ।

त्यसोत शुक्रबार शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन समेत आग्रह गरेको थियो । यसअघि विश्वविद्यालयको तर्फबाट रजिष्टार केदार रिजालले शुक्रवार गृह मन्त्रालयमा पत्र नै लेखेर सुरक्षा माग गरेका थिए । तर पदाधिकारीमाथि आक्रमण गर्ने धम्की दिने विद्यार्थी नेता गृहमन्त्री रमेश लेखककै छेउँमा उभिएर खिचेको फोटोले भने सबैको ध्इान खिचेको छ । तर मन्त्री रमेश लेखक भने कांग्रेस पार्टीको नेता भएका कारण भेट भइरहने भन्दै अरू कुनै विषयमा कुरा नभएको समेत उल्लेख गरेका छन् ।

अर्कातर्फ पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले अहिलेका शिक्षामन्त्री भट्टराईले सुरक्षा माग गरेपछि उनीमाथि उच्च मनोवलका साथ त्रिवि पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने भन्दै टिप्पणी गरेकी छन् । यस्तोमा शिक्षाविद्ले सधैँ ताला लगाएर अरूको पढ्ने अधिकार हनन गर्नु अपराध रहेको बताएका छन् ।

शिक्षामन्त्रीको मागपछि विश्वविद्यालयमा सुरक्षा व्यवस्था कडा गरिएको छ । त्यसैकारण पदाधिकारीहरू कार्यालय समेत जान थालेका छन् । केही दिनसम्म असुरक्षा बढेको भन्दै उनीहरू कार्यालय गएका थिएनन् । त्यसोत दलका नेताहरुकै आडमा विश्वविद्यालयमा विद्यार्थी नेताहरुले खुलेयाम गुण्डागर्दी गरिरहेकै समेत देखिन्छ ।

कहिले प्राध्यापकहरू आक्रमणको निशानामा पर्छन् त कहिले महिनौंसम्म तालाबन्दी गरिन्छ । यो क्रमलाई सरकारले भने चासोपूर्वक लिएको देखिदैन । बरु प्राध्यापक कुटेर जेल चलान भएकाहरुलाई राजनीतिक शक्ति प्रयोग गरेर माफी मिनाहा दिनमा नेताहरुको ध्यान बढि देखिने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *