ग्लोबल टिभि
आइतवार, भदौ ९, २०८१
0
भदौ ९ – इजरेली सेनाले आफूमाथि हुनसक्ने ठूलो स्तरको हमलाको प्रतिरक्षामा लेबननका विभिन्न ठाउँमा हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ। इजरेलले दक्षिण लेबननका ४० वटा त्यस्ता प्रक्षेपणस्थलहरूलाई निशाना बनाउन आफूले करिब १०० वटा विमानहरू प्रयोग गरेको जनाएको छ।
उसले ‘उत्तरी र मध्य इजरेललाई निशाना बनाउने उद्देश्य लिएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरहरूलाई ध्वस्त बनाइदिएको’ बताएको छ। हिज्बुल्लाहले आफ्ना एक कमान्डरको हत्याको बदलामा पहिलो चरणमा गरिएको कारबाहीमा इजरेलतर्फ ३ सय भन्दा बढी रकेट प्रहार गरेको जनाएको छ।
उसले अहिलेका लागि उसको कारबाही सम्पन्न भएको जनाएको छ। लेबननको स्वास्थ्य मन्त्रालयले तीनजना मारिएको जनाएको छ। संयुक्त राज्य अमेरिकाले प्रतिरक्षाका लागि इजरेलले चालेको कदमप्रति समर्थन जनाएको छ।
Post Views: 127
Leave a Reply