ग्लोबल टिभि
आइतवार, जेष्ठ ३०, २०७८
0
काठमाडौ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाण्डौ , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ । पहिले खाद्यान्न पसल मात्र खोल्न दिने निर्णय परिवर्तन गर्दै एक हप्ता निधोषज्ञा थपिएको छ ।
खाद्यान्न, पुस्तक पसल बिहान ११ बजेसम्म खुला गर्ने निर्णय भएको छ । साथै हार्डवेयर पसल ४ बजेपछि खुला गर्ने, कृषि कार्य सञ्चालन गर्न सहजीकरण गर्न दिने निर्णय भएको हो ।अनलाइन डेलिभरी बिहान सात बजेदेखि सञ्चालन गर्न दिने, होटल बन्द गर्ने तर, होम डेलिभरी गर्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
Post Views: 1,422
Leave a Reply