भदौ १० – साफ यू-२० च्याम्पियनशिपमा बंगलादेशले टाइब्रेकरमा ४-३ गोलले भारतलाई पराजित गर्दै फाइनलमा पुगेको छ।सातदोबाटोस्थित एन्फाको मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा निर्धारित समयमा बंगलादेश र भारत दुवैले १-१ गोल गरेपछि बराबरीमा टुंगिएको थियो। खेल बराबरीमा सकिएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाउनु परेको थियो।
टाइब्रेकरमा बंगलादेशी गोलकिपरले २ जना भारतीय खेलाडीको प्रहार गोल हुनबाट जोगाउँदै टोलीलाई फाइनलमा पुर्याए। खेल सकिन केही मिनटमात्र बाँकी हुँदा बंगलादेशका एक जना खेलाडीलाई रेफरीले रातो कार्ड देखाएपछि बंगलादेश १० खेलाडीमा सीमित भएको थियो।
पहिलो हाफमा गोल गरेर बंगलादेशले अग्रता लिए पनि पूर्णतः डिफेन्समा उत्रिएको भए पनि जोगाउन सकेन र दोस्रो हाफमा भारतले गोल गर्दै खेल बराबरीमा ल्यायो। त्यसपछि भारतले बंगलादेशको गोल पोस्टमा निरन्तर आक्रमण गरे पनि गोल गर्न सकेन।
अब पर्सि (बुधवार) हुने फाइनलमा बंगलादेशले नेपालसँग प्रतिस्पर्धा गर्नेछ। एन्फाका अनुसार फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ।
Leave a Reply