भदौ १४ – युएफाले पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र इटालीका पूर्व गोलकिपर बुफनलाई विशेष सम्मान गरेको छ। मोनाकोमा गएराति च्याम्पियन्स लिग ड्र कार्यक्रममा रोनाल्डो र बुफन सम्मानित भएका हुन्। पोर्चुगलका कप्तान रोनाल्डोले युएफाबाट च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता अवार्ड प्राप्त गरेका हुन्।
३९ वर्षीय रोनाल्डोले रियाल मड्रिड, म्यानचेस्टर युनाइटेड र युभेन्टसबाट खेल्दा युरोपको शीर्ष क्लब प्रतियोगितामा १ सय ४१ गोल गरेका थिए।युरोपियन क्लबबाट खेल्दा रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग उपाधि जिते। जसमा एक युनाइटेड र चार रियालबाट हो। रोनाल्डोको उत्कृष्ट प्रदर्शनको मद्दतमा सन २०१६ देखी २०१८ मा रियालले लगातार तीन उपाधि जितेको थियो।
यस्तै बुफनलाई युएफा प्रेसिडेन्ट्स अवार्ड प्रदान गरिएको हो। युभेन्टसका पूर्व गोलकिपर बुफनलाई उनको योगदानको कदर गर्दै अवार्ड दिइएको हो। ४६ वर्षीय बुफनले दश पटक सिरीए उपाधि जिते तर च्याम्पियन्स लिग उपाधि भने हात पार्न सकेनन्। उनी सम्मिलित टिम तीन पटक उपविजेता बनेको थियो ।
Leave a Reply