“राजाको १८ महिनाबाहेक साढे तीन दशकमा काँग्रेस, एमाले र माओवादीकै सत्ता छ”

 ग्लोबल टिभि      शुक्रबार, भदौ १४, २०८१      0

भदौ १४ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरू नै अस्थिरताको कारक रहेको बताएका छन्। शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले पाएको मौकालाई राजनीतिक दलहरूले व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए।

उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि यो साढे तीन दशकको समयमा राजा ज्ञानेन्द्रको १८ महिनाको समय बाहेक जेसुकै नाममा होस् काँग्रेस, एमाले, माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ। सत्ताको कुन प्रकारको दुरुपयोग भएको छ, हामी साक्षी छौँ।’

उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्ने कुरा सामान्य कुरा नभएको पनि बताए। कांग्रेस-एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताए। उनले राजनीतिक दलहरूले सत्ताको दुरुपयोग गरिरहेको आरोप पनि लगाए। उनले राप्रपा अब पनि जस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताए। अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागे पनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *