‘मिल्टन’ आँधीले फ्लोरिडाको जनजीवन नराम्ररी प्रभावित

 ग्लोबल टिभि      बुधबार, अशोज २३, २०८१      0

असोज २३- अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ नामको शक्तिशाली आँधीले त्यहाँको जनजीवन नराम्ररी प्रभावित बनेको छ।

उक्त कमजोर हुनको सट्टा अझ शक्तिशाली बन्दै गएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अमेरिकी सरकारले आग्रह गरेको छ।

फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ अघि बढिरहेको मिल्टन आँधी बुधबार राति पूर्ण शक्तिका साथ जमिनमा बज्रिने अनुमान गरिएको छ।

अमेरिकी मौसमविद्हरूले पाँचौँ श्रेणीको शक्तिशाली आँधी भनेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आँधीकै कारण बुधबारका लागि निर्धारित १ हजार ५०० उडान रद्द गरिएको छ।

राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

प्रभावति क्षेत्रका नागरिकलाई ज्यानको सुरक्षा गर्न अपिल गर्दै बाइडेनले भनेका छन्, ‘यो जीवन र मरणको सवाल हो। यो फ्लोरिडामा आएको शताब्दीकै सबैभन्दा भयंकर आँधी हुनसक्छ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *