ग्लोबल टिभि
शनिबार, कार्तिक १०, २०८१
0
कात्तिक १०– नामिबियाको क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाण्डौ गुर्खाजबाट नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्ने भएका छन् । काठमाण्डौले दोस्रो विदेशी खेलाडीका रुपमा अलराउन्डर एरास्मसलाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।
यसअघि काठमाण्डौले विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको थियो । एरास्मसले नामिबियाका लागि ५२ एकदिवसीय तथा ६५ टी–२० खेल खेलेका छन् ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आउँदो मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।
Post Views: 84
Leave a Reply