भक्तपुर पूरा शहर नै जीवित संग्रहालय हो – प्रधानमन्त्री ओली

 ग्लोबल टिभि      शनिबार, कार्तिक १७, २०८१      0

कात्तिक १७- प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताएका छन्।

शनिबार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताए। उनले भक्तपुर पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्रबिन्दु बनेको बताए।

उनले आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य भक्तपुरमा देख्न सकिने बताए।

उनले भने, ‘भक्तपुरलाई जीवित संग्रहालय भनेर पनि मानिन्छ। यो संग्रहालय पनि हो। जुन संग्रहालयमा मानिसहरु बसोवास परापूर्व कालदेखि बसेका छन्। मानिसहरु बस्दाबस्दै यसलाई संग्रहालय मान्न सकिने अवस्थामा पुगेको छ। सिंगै शहर। भक्तपुर एउटा जिउँदो संग्रहालय हो।ु

प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *