कात्तिक १९- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताएकी छन्।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गरेकी हुन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्ने कुराको मूल्यांकन गरी सय वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताइन्।
उनले दिगो विकास गर्ने भइसकेपछि वन जंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छरु भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई दिनुपर्ने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताइन्। शहरीकरण कस्तो ठाउँमा गर्ने रु भन्नेकुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उल्लेख गरिन्।
उनले भनिन्, ‘हामीले हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरु छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनैपनि निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट हामीलाई संकट पनि नआओस्, त्यो निर्माण कार्य सुरक्षित होस् र मानव जीवन भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न हामीले काम गर्नुपर्छ। प्रकृति पनि, संस्कृति पनि, सम्पदा पनि। यो कुरालाई ध्यानमा राखेर नै हामीले विकास कार्यहरु अघि बढाउनुपर्छ।ु
पूर्वराष्ट्रपति भण्डारीले जलवायु अनुकूलन वातावरण हुनुपर्ने भए पनि अप्रत्याशित रुपमा जलवायुजन्य घटनाहरु बढिरहेको बताइन्। नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट संकट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताइन्।
Leave a Reply