सर्लाही अपडेट – पोखरीमा डुबेको कारबाट २ जनाको शव निकालियो

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक २०, २०८१      0

कात्तिक २०- सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।

आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका(२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे गौशाला नगरपालिका(१० का सुरेश महतो ९चालक० र सोनमा गाउँपालिका(८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो ।

गोताखोर टोलीले पोखरीमा डुबेको कार पनि भेटाएको छ । कार पोखरीमै छ । कार पनि निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला(२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *