छविलाई लगियो अदालत, रविलाई लैजाने तयारी

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक २०, २०८१      0

कात्तिक २०- सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका पुर्वडिआइजी छविलाल जोशीलाई अदालत लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका उनलाई आज म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको हो।

उनीसहित लीला पछाई र रामबहादुर खनाललाई पनि म्याद थपको लागि जिल्ला अदालत कास्की लगिएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामीछानेलाई केहिबेरमा अदालत लैजाने तयारी छ ।

कुन न्यायाधीशको इजलासमा म्याद थपको बहस हुने गोला थुत्नै बाँकी रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *