अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको हत्याका लागि इरानमा योजना बनाएको भन्दै मुद्दा दर्ता

 ग्लोबल टिभि      शनिबार, कार्तिक २४, २०८१      0

कात्तिक २४- अमेरिकी सरकारले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । ट्रम्पले राष्ट्रपति पद सम्हाल्नु अघि नै अमेरिकी सरकारले उनको हत्या आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

ट्रम्पको हत्याको योजना इरानमा बनाएको र योजना बनाउने व्यक्ति इरानमा रहेका अफगानी नागरिक ५१ वर्षका फरहाद साकेरी रहेको अमेरिकी सरकारले दर्ता गरेको आरोपमा उल्लेख छ । फरहाद साकेरी पक्राउ परेका छैनन् । उनलाई इरानले संरक्षण गरेको अमेरिकी सरकारको दाबी छ । यसअघि ट्रम्पले इरानबाट आफ्नो हत्याको योजना बनाएको बताइरहेका बेला सरकारले पनि त्यसैअनुसार मुद्दा दर्ता गरेको हो । ट्रम्पले यस अघि नै इरानविरुद्ध टिप्पणी गरिरहेको र हत्या आरोपकै मुद्दा दर्ता भएकोले अब अमेरिकाले इरानविरुद्ध कडा कमद चाल्ने संकेत रहेको बताइएको छ ।

मध्यपूर्वमा युद्ध गरिरहेको इजरायलले अमेरिकाको साथ पाएमा इरानमा पूर्णस्तरको युद्ध गर्न सक्ने अनुमानकाबीच ट्रम्पको हत्या प्रयास योजनाको मुद्दाले मध्यपूर्वको समस्या झनै चर्किने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *