कात्तिक २६- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा दलहरूसँग आवश्यक छलफल भइरहेको बताएका छन् ।
विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उनले अत्यन्त छोटो प्रतिक्रिया दिने क्रममा सो कुरा बताएका हुन् ।
संघीय सरकारका केही मन्त्रीहरू गर्ने गृहकार्यका बारेमा प्रश्न गर्दा उनले त्यसबारे केही बताउन चाहेनन्। प्रधानमन्त्री ओली केही मन्त्रीहरूका कामप्रति असन्तुष्ट रहेका बुझिएको छ।
प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका उच्चपदस्थ पदाधिकारीहरु एवं कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए।
प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा आयोजना हुने १३औँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्न कोशी प्रदेश आएका हुन् ।
Leave a Reply