गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ, कारागार चलान हुँदै

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक २७, २०८१      0

कार्तिक २७- सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रहेका दीपक मनाङे उर्फ राजीव गुरुङ काठमाडौंबाट पक्राउ परेका छन् ।

उनी पक्राउ परेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको गृह मन्त्रालयले जनाएको छ । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *