घट्यो आज पनि सुनको मूल्य

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ५, २०७७      0

काठमाडौँ । आज शुक्रबार प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *