कपिलवस्तुका माओवादी जिल्ला नेता पाण्डेको हत्यामा श्रीमतीकै योजना

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ३१, २०७८      0

कपिलवस्तुुका नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको योजना रहेको खुलेको छ । २५ दिन लामो प्रहरी अनुसन्धानबाट उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या भएको खुलेको हो ।

जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागि घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार ओमप्रकाश र महिमाको सम्बन्धका विषयमा दीपकले जानकारी पाएपछि उनको हत्या योजना बनेको थियो । एसपी अधिकारीले बताएका छन् । प्रहरीका अनुसार उनीहरुले हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ ।

अनुसन्धानबाट ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम गरेका थिए । दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको खुलेको छ ।प्रहरीले प्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा सातजनालाई पक्राउ गरेको छ । एसपी अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *