मंसिर ११
अछामको रामारोशन गाउँपालिकाको आर्थिक सहयोग र ऐना फाउन्डेशन संस्थाको आयोजनामा “गाउँपालिका स्तरीय महिला महिनावारी स्वच्छता व्यवस्थापन परियोजनाको समिक्षा बैठक” अन्तर्गत १ दिने तालिम सुरु भएको छ ।
पहिलो दिनको तालिम वडा नं–०२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चाफामाण्डौमा सम्पन्न भएको छ । तालिममा ४० जना किशोरीहरूले सहभागिता भएका छन् ।
फाउन्डेशनका संस्थापक अध्यक्ष तिलक बहादुर बटालाले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै परियोजनाको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए । उनले किशोरीहरूले महिनावारीका समयमा भोग्ने समस्या, रूढीवादी परम्परागत सोच, र महिलाविरुद्धका भेदभावलाई हटाउन यस्तो परियोजनाको आवश्यकता रहेको बताएका थिए ।
परियोजनाले किशोरीहरूको स्वास्थ्य सुधार गर्दै आत्मनिर्भरता विकास, लैङ्गिक हिंसा विरुद्धको अभियान, सामाजिक कुरीति, र अन्धविश्वास हटाउन महत्वपूर्ण भूमिका खेल्नेछ । साथै, यसले बालबालिका र किशोरीहरूको शिक्षामा पहुँच विस्तार गर्दै स्थानीय तहको सहभागितामा दीर्घकालीन सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ ।
कार्यक्रमलाई सहज बनाउन सहजकर्तामा यज्ञशोरी बुढा, व्यवस्थापनमा कमल बहादुर बुढा र दर्जनाँ सहभागीहरूको महत्वपूर्ण भूमिका रहेको थियो । ऐना फाउन्डेशनले सबै सहभागीलाई धन्यवाद ज्ञापन गरेको छ ।
परियोजनाअन्तर्गत रामारोशन गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयमा २०८१ मङ्सिर १० देखि १४ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
Leave a Reply