नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्छ-प्रधानमन्त्री

 ग्लोबल टिभि           0

मंसिर १२- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन्।

बुधबार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताएका हुन्।

उनले नेपालमा समुदायपिच्छे नै पृथक प्रकारको संस्कृति रहेको उल्लेख गरे। उनले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनैपनि देशमा नरहेको उल्लेख गरे। उनले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो। यस संस्कृतिले नेपाली संस्कृतिलाई मूलरूपमा प्रतिविम्वित गर्छ। थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन्। हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ। र दुनियाँमा यस्तो पृथक प्रकारको संस्कृति अन्यत्र पाइँदैन। यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेषता छन्।

उनले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताए। नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणको लागि सबै एकजुट भएर लाग्न उनले आग्रहसमेत गरे। ज्यापु दिवस (योमरी पुन्ही) मंसिर ३० गते मनाइँदै छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *