हामी क्रान्तिकारीको लडाइँ अझै टुंगिएको छैन-प्रचण्ड

 ग्लोबल टिभि      बुधबार, मंसिर १९, २०८१      0
sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

मंसिर १९- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाइँ अझै नटुंगिएको बताएका छन्।

बुधबार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान—२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको भनाइ छ।

उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरू नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको संकेत गरे। उनले आफूहरु अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताए।

उनले सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औंल्याए। देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाहालको टिप्पणी थियो।

उनले भने, ‘हाम्रो लडाइँ टुंगिएको छैन, हाम्रो लडाइँ जारी नै छ। हामी जतिबेला जनयुद्धको उत्कर्षतिर जाँदै थियौँ। राज्यमा अहिले सरकारमा भएका प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए। सत्तामा थिए। हामी क्रान्तिमा थियौँ, अर्को भाषामा भन्ने हो भने उनीहरु सत्तामा थिए, हामी त्यसका विद्रोही पक्ष थियौँ। त्यसको बिरोधी पक्ष थियौँ, प्रतिपक्ष थियौँ पनि भन्न सकिन्छ। अहिले घुम्दै परिस्थिति त्यही दिशातिर जाँदैछ।

अध्यक्ष दाहालले क्रान्तिकारीहरुले जनताको गणतन्त्र बनाउनेतिर फेरि एउटा लडाइँ लड्नुपर्ने आवश्यकता देखिएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *