सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाबाट कृषि उत्पादन बिक्रि कक्ष सञ्चालनमा

 ग्लोबल टिभि      बुधबार, मंसिर १९, २०८१      0

मंसिर १६- (कृसला भण्डारी) सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकाका कृषकको उत्पादन बिक्री गर्न कृषि उपज बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । बलेफी गाउँपालिका ७ खाडीचौर बजारमा पालिकाको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी कृषक समूहद्वारा बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका वडा अध्यक्ष रमेश बोहराका अनुसार पाँच लाख बजेटमा थालिएको यो कक्षमा पालिकाभरिका कृषकले उत्पादन गरेका तरकारी, माछा, मासु, दूध, दही, छुर्पी देखी स्थानिय गाउँघरमा उत्पादन भएको साम्रगी बेच्न राखिएको छ । उचित मूल्य पाएपछि कृषक यहाँ उत्पादन ल्याउन लालायित छन् भने अर्गानिक भएकाले कक्षबाट सामग्री किन्नलाई भीड लाग्ने गरेको सञ्चालक सम्राटवीरजंग बोहरा बताउँदछन् ।

दोलखाको प्रसिद्ध पर्यटकीय स्थल कालिञ्चोकसँग जोडिएको त्रिपुरासुन्दरीको घोर्थलीमा निउरो, चोकटी लाटुमा डल्ले खुर्सानी, लसुन र प्याज ल्याइएको छ । नन्दलादेवी, लाटुसहित दर्जनौं फार्मबाट उत्पादन यहाँ ल्याइएको छ । बजारमा अर्गानिक गाउँको उत्पादन बेच्न मुस्किल हुने आमकृषकको समस्या टार्न कक्षको अवधारणा ल्याइएको पालिका अध्यक्ष बोहराले बताए । आफुले घरको करेसा बारीको अर्गानिक सामग्री नजिकैको बजारमा लगेर बेच्दा पाउँदा सबैजना कृषकहरु खुसी छन ।

बेच्ने स्थान सहज पाएपछि पहिलेको तुलनामा केही कृषि उत्पादन बढेको छ, किसानमा उत्साह बढेको सञ्चालक बोहरा बताउँदछन् । दुना टपरी, सिस्नुको पाउडर डालोजस्ता सामग्री उत्पादन नियमित भएपछि राजधानी पुग्न थालेको छ । दैनिक ३० देखि ५० भन्दा बढी कृषक यहाँ आफ्नो उत्पादन बेच्नका लागि आइपुग्ने गर्छन् । सामग्री कक्षले किनेर नगद दिँदै बिक्रीको जिम्मा लिन थालेपछि यहाँका कृषक व्यावसायिक कृषि उत्पादनमा थप उत्साहित भएर लाग्न थालेका छन् । आफ्नो उत्पादन सजिलै बिक्री गर्दै किसानको कुनै पनि उत्पादन खेर जान नदिने उद्देश्य सहित सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकालको सहजीकरणमा खुलेको पसलले किसानको हरेक उत्पादन किनिदिने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *