कर्णालीको पहिलो जित, चितवनको रोकियो जितको श्रृंखला

 ग्लोबल टिभि      शुक्रबार, मंसिर २१, २०८१      0

मंसिर २१- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले पहिलो जित हात पारेको छ।

१३१ रनको लक्ष्य पाएको कर्णालीले ४ विकेट गुमाउँदै भेट्टाएको हो। कर्णालीका लागि शिखर धवन ४५, देव खनाल २५, चाडविक वाल्टन ३० रन र अर्जुन घर्तीले ११ रन योगदान दिए भने जिसन मक्सुदले १२ रनमा अविजित रहे।

चितवनका लागि कप्तान मल्ल, जन निकल लफ्टी र रवि बोपराले एक एक विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५९ रनमा अविजित रहे भने शरद भेषवाकर ३ बलमा ६ मा अविजित रहे।

त्यस्तै, कप्तान कुशल मल्ल २७, विपिन रावल ११, जन निकल लफ्टी नौ, जन निकल लफ्टी र अमरसिंह रौटेला नौ, दिपक बोहरा आठ, लुक बेन्केस्टाइन र सोहेल तानविर शून्य, बनाएर आउट भए।

कर्णालीका लागि विपिन शर्मा तीन, जिसन मक्सुद दुई, सोमपाल कामी र नन्दन यादवले समान एक एक विकेट लिए।

चितवन एनपीएलमा अपराजित यात्रा कर्णालीले रोकिदिएको छ। तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

कर्णाली भने जितविहीन थियो। दुवै खेल हारेको कर्णाली एनपीएलमा पहिलो जित हात पारेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *