ग्लोवल टेलिभिजनलाई कोटिहोमको सम्मान

 ग्लोबल टिभि           0

मंसिर २३- पोखरा महानगरपालिका वडानम्बर – १५ ढुङगेसाँघुस्थित पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमले ग्लोवल टेलिभिजनलाई सम्मान गरेको छ ।

अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा जारी कोटिहोम आयोजकहरुले टेलिभिजनलाई सम्मान गरेका हुन् ।उक्त कोटीहोम तथा महायज्ञको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

टेलिभिजनका तर्फका समाचार प्रमुख प्रकाश गिरी लगाएको टिमलाई खादा माला र कदरपत्रले प्रमुख बाचक, धामका संरक्षक एवं यज्ञ संकल्पकर्ता शोभाकान्त ढकालले सम्मान गरेका थिए । सम्मान ग्रहणपछि बोल्दै टेलिभिजनका समाचार प्रमुख प्रकाश गिरीले यस्ता किसिमका धार्मिक महायज्ञ र कोटीहोमले मानिसहरुमा स्थिरता र मनोशान्ती मिल्ने बताएका छन् । धार्मिक गुरुहरुले दिने प्रवचन भित्रका ममन योग्य कुरालाई जीवनमा लागू गर्न सकेमात्रै यसको महत्व बढ्ने र असल कर्म गर्न प्रेरणा मिल्ने उनको भनाइ छ ।

मंसिर १७ गतेदेखि सुरु भएको कोटीहोम तथा २७ गतेसम्म चल्नेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *