मंसिर २६- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताएका छन्।
बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसंख्या नीतिमा सबै कुरा समेटिन आवश्यक रहेको उल्लेख गरे। उनले जनसंख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताए।
उनले सरकारले जनसंख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्ने बताए। उनले जनसंख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जनसंख्या विभागले विशेष पहल गर्नुपर्ने बताए। उनले जनसंख्या मन्त्रालयले नीति मात्रै बनाउने हो र कार्यान्वयन गर्ने अर्को निकाय बनाउने भए शुरुवातमै स्पष्ट हुनुपर्ने बताए।
मन्त्री पौडेलले भने, ‘सम्पूर्ण कुरा समेटिएको जनसंख्या नीति ल्याउन जरुरी छ। जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्नसक्छ। देशभरको जनसंख्यासम्बन्धी नीति बनाउने कसले हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होरु त्यो हो भने त्यसअनुसारको मेकानिजम निर्माण गर्नेगरी राज्यले छुट्याउनुपर्छ। नीति बनाउने र कार्यान्वयन गर्ने फरक फरक निकाय हो भने त्यही भनौँ।’
मन्त्री पौडेलले स्वास्थ्य सुविधा सहज र सर्वसुलभ ढंगबाट उपलब्ध हुनुपर्ने बताए। उनले स्वास्थ्यलाई सर्वसुलभ, सहज बनाउनका लागि स्वास्थ्य बिमा ५ लाख पुर्याउनुपर्ने र व्यवस्थित गर्नुपर्ने बताए।
Leave a Reply