ओलीको दाबी- म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो

 ग्लोबल टिभि      बुधबार, मंसिर २६, २०८१      0

मंसिर २६- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अप्ठेरोलाई हेरेर दुई ठूला पार्टी मिलेर सरकार बनाएको बताएका छन् ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ४ मा प्रणामी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरे ।

उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार बनाएका छौं । देशलाई स्थितरता र सुशासन दिन मिलेका छौं ।’

उनले आफू प्रधानमन्त्रीबाट हट्नासाथ देश अप्ठेरो स्थितिमा पुगेको स्मरण पनि गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *