पावर प्लेमा बलिङ गर्न तयार थिएँ, नतिजाले गलत सावित भयो-सन्दीप लामिछाने

 ग्लोबल टिभि      बिहिबार, मंसिर २७, २०८१      0

मंसिर २७- हारपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सुपर ओभरमा बलिङ गर्नका लागि आफूमा आत्मविश्वास रहे पनि निर्णय सही नभएको बताएका छन्।

पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएपछि सन्दीपले त्यस समय आफैँ बलिङ गर्नका लागि आत्मविश्वास रहे पनि नतिजा सहज नभएको बताएका हुन्। राम्रो खेल्दाखेल्दै पनि कहिले कहीँ नतिजा आफ्नो पक्षमा नआउने र आजको दिन पनि आफ्नो नभएको सन्दीपले उल्लेख गरे।

दुई ओभरमा मात्रै पाँच रन खर्चिएका बसिर डेथ ओभरमा भने सम्हालिन सकेनन्। सन्दीपले आफ्नो टोलीबाट खेलेका ११ जना खेलाडीले नै उत्कृष्ट रहेको बताए।

दोस्रो इनिङमा लक्ष्य पछ्याउन गाह्रो भइरहेकाले आफूले पहिले ब्याटिङ रोजेको उनको भनाइ छ। उनले आफ्नो विकेट नआएमा पनि अन्य बलरले विकेट लिएको र कहिलेकाहिँ राम्रो गर्दा पनि विकेट नआउने भन्दै आफ्नो पनि बचाउ गरे।

सन्दीपले पावर प्लेमा राम्रो गर्न नसकेको र विकेट निकाल्न सकेको भए खेलको अवस्था फरक हुने बताएका छन्।

पोखराका बलर विपिन खत्रीले सुपर ओभरमा जानुपर्ने लक्ष्य नभए पनि राम्रो ब्याटिङ हुन नसकेको बताएका छन्। तर रेमोन रेइफोर्टले अन्तिम ओभरसँगै सुपर ओभरमा पनि अलराउण्ड प्रदर्शन गरेपछि जित निस्किएको उल्लेख गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *