पत्रकार महासंघको नेतृत्व चुन्न आज मतदान, अध्यक्षमा ४ प्रतिस्पर्धी

 ग्लोबल टिभि      शुक्रबार, मंसिर २८, २०८१      0

मंसिर २८- नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । आज महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लाल सिंह ९एलएस० लामा उम्मेदवार छन् ।

शर्मा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलबाट, विष्ट प्रेस युनियनको विद्रोही, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट तथा सापकोटाले क्रियाशील पत्रकारहरुको साझा मोर्चाबाट उम्मेदवारी दिएका हुन् । लामाले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

 

वरिष्ठ उपाध्यक्ष पदमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं उम्मेदवार छन् ।

यसैगरी महिला उपाध्यक्ष शर्मा प्यानलबाट नितु पण्डित, विष्ट प्यानलबाट गंगा पौडेल प्रतिस्पर्धामा छन् । सापकोटा प्यानलबाट महिला उपाध्यक्षको उम्मेदवार छैनन् ।

समावेशी उपाध्यक्षमा शर्मा प्यानलबाट उमिद बागचन्द, विष्ट प्यानलबाट सुभाषप्रसाद शाह प्रतिस्पर्धामा छन् ।

यसैगरी महासचिव पदमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैशी उम्मेदवार छन् ।

कोषाध्यक्ष पदमा शर्मा प्यानलबाट रामकृष्ण ज्ञवाली र विष्ट प्यानलबाट रामकृष्ण अधिकारी उम्मेदवार छन् ।

सचिव पदमा शर्मा प्यानलबाट रमेश खतिवडा खुला, सोनी शर्मा महिला, सविन प्रियासन आदिवासी जनजाती, अशोक कुमार तिवारी मधेशी, प्रकाश धौलाकोटी दलित, वैकुण्ठ पराजुली एसोसिएट उम्मेदवार छन् ।

विष्ट प्यानलबाट सचिव पदमा उत्तरसिंह विष्ट खुला, सरिता बराइली महिला, भिसन राई आदिवासी जनजाती, श्रीजन झा मधेशी, बसन्त विक दलित र विकास कार्की एसोसिएट उम्मेदवार छन् ।

लेखा समिति संयोजकमा शर्मा प्यानलबाट केसी लामिछाने र विष्ट प्यानलबाट ध्रुव कुमार रावल उम्मेदवार छन् ।

सापकोटा प्यानलबाट सचिव पदमा कुमार ओझा खुला, टीकाराम प्रधान आदिवासी जनजाती, प्रविण कुमार चौधरी मधेशी, सन्तोष कुमार बराइली दलित र योगेश खपाङ्गी एसोसिएट उम्मेदवार छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *