झापाबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ

 ग्लोबल टिभि           0

काठमाण्डौँ । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ।

मेचीनगर-१५ हेल्दुबारीबाट प्रहरीले सोही ठाउँका २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहनलाई बिहीबार राति पक्राउ गरेको हो। उनीहरूको साथबाट ११.०६ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

उनीहरू सवार बा३८प ३८८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउनसुगर, ८१ हजार १ सय नेपाली रुपैयाँ, ११० रुपैयाँ भारु बरामद भएको प्रहरीले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *