भारतीय सडक विस्तारले दार्चुलाका ११० परिवार जोखिममा

 ग्लोबल टिभि      बुधबार, असार २, २०७८      0

भारतले बम विस्फोट गरी सडक निर्माण गर्दा सुदूरपश्चिमको दार्चुलामा ४ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।धारचुला–लिपुलेक सडक विस्तारको क्रममा खसेको पहिरोले महाकाली नदीमा थुनिएर नेपालतर्फ कटान हुँदा गाउँपालिकाको दुम्लिङ, तल्लो दुम्लिङ, चौरा र बिजगाउँ जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।

व्याँस गाउँपालिका वडा नं २ का वडाध्यक्ष धिरन बुढाथोकी भारतले सडक विस्तार गरेकै कारण नेपालतर्फको ती बस्तीहरु जोखिममा परेको बताएका छन् । उनका अनुसार पारिको बाटो बिस्तारका कारण नेपाल तर्फको ११० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् भने २१०० परिवार प्रभावित भएका छन् ।

गाउँपालिका प्रमुख दिलीप बुढाथोकीले वडा नं २ को सो क्षेत्र जोखिममा रहेको भन्दै महाकालीमा तटबन्ध निर्माणका लागि तारजालीको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बुढाथोकीले ४ गाउँ जोखिममा रहेको भन्दै त्यसको सुरक्षाको प्रबन्ध मिलाउन माग गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *