मेलम्चीको बितण्डाबाट लाखौको भौतिक क्षति

 ग्लोबल टिभि      बुधबार, असार २, २०७८      0

मेलम्ची खोलाले हेलम्बुदेखि उर्लिएर नदी करिडोरमा बितण्डा मच्याउँदै आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्कि पुल बगाएको छ ।राति करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै मेलम्ची जोड्ने पक्की पुल बाढीले भत्काएको हो ।यो संगै बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको स्थानीयले जनाएका छन् ।

मानवीय क्षति सहित मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौंको क्षति भएको स्थानीय सिपी दुलालले बताएका छन् मानवीय क्षतीको वास्तविक विवरण आएको छैन्।मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले खुल्ला आकाशमा रात गुजारेका छन् ।

अविरल वर्षा नरोकिँदा उर्लदों खोलाले घर कटान गर्ने सम्भावना भएकाले नदी करिडोरका बासिन्दा ज्यान जोगाउने माथि उक्लिएका हुन् ।खोलाको वहाव अझै उस्तै रहेकाले त्रास झनै बढेको छ ।हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि पुगेका छन् । यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजनिक जग्गामा बसेका छन् ।

बाढीले दर्जनौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्युत आपूर्ति बन्द भएकाले उद्दार गर्न नसकिएको प्रहरीले बताउको छ ।वर्षा नथामिएकाले समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ । सडकहरू बगाएको स्थानीयले जानकारी दिएका छन ।हिजो साझ पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथि भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो । भने हेलम्बु गाउँपालिका १ मेलम्ची खानेपानी मुहान माथि नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *