गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् ।धुर्कोट गाउँपालिका ५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
धुर्कोटकै वडानम्बर ४ मा पहिरोले ७ घर र वडानम्बर ६ का १० घर जोखिममा छन् ।यस्तै मदाने गाउँपालिका(२ म्यालपोखरिमा पनि पहिरो गएको छ । त्यहाँ २ घर जोखिममा छन् ।रूरूक्षेत्र गाउँपालिका(१ लामाचौरपारिमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरु पनि विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको वहाव बढेपछि टहरा डुवानमा परेका हुन । उनीहरु सुरक्षित स्थान सरेका छन् ।
कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाठमा एक घर र सिलाजी मन्दिर कालिगण्डकीको बाढीको जोखिममा परेका छन् ।पहिरोका कारण बाग्लुङ सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका – ६ उल्लिखोला र वडा नम्बर ४ को साहाघाटमा सडक अवरुद्ध भएको छ ।
मुसिकोट तम्घास सडक खण्डअन्तर्गत दोभानमा पहिरो जाँदा सडक पूर्णरुपमै बन्द भएको छ ।कालीगण्डकी(४ पुर्तिघाटमा पनि खहरे खोला बढेर सडक अवरुद्ध भएको छ । रेसुङ्गा नगरपालिका(१३ भगारिमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध छ ।रूरूक्षेत्र गाउँपालिका(४ मा पनि सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकोले खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
Leave a Reply