कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन

 ग्लोबल टिभि      बुधबार, असार २, २०७८      0

नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएको छ ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन् ।

‘आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ,’ परिपत्रमा लेखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *