माघ १८- चिकित्सा शिक्षा क्षेत्रमा आवासीय चिकित्सकको निर्वाह भत्ताको विषय पेचिलो बनेको छ । गत सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकलाई २५ हजार रुपैयाँ निर्वाह भत्ता दिने नीतिगत निर्णय गरेसँगै चिकित्सकले पेनडाउन सुरू गरेर देशभर आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
यस विषयमा अनलाइनखबरले शिक्षामन्त्री भट्टराईसँग संक्षिप्त प्रतिक्रिया लिंदा आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार नै हुनुपर्नेमा आफ्नो पहिल्यै देखिको अडान रहेको स्पष्ट पारिन् ।
आवासीय चिकित्सकसँग सहमति लिएर निर्णयको बुँदा फाइनल भएको स्वास्थ्य मन्त्रालयबाट जानकारी दिएपछि आफूले निर्णय गरेको भट्टराईले बताइन् । तर आवासीय चिकित्सकहरू भने यस विषयमा मन्त्रालयले कुनै छलफलमा नबोलाएको बताउँदै आएका छन् ।
पहिलो बुँदामा निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएको थियो ।
‘स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री, एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल र नेपाल चिकित्सक संघका पदाधिकारी बसेर पहिलो र दोस्रो विकल्पको रूपमा रहेर छलफल गर्नुभएको रहेछ,’ मन्त्री भट्टराईले भनिन्, ‘त्यसदिन म थिइनँ । यो निर्णयमा आवासीय चिकित्सकको पनि सहमति भएको भन्नुभएको थियो ।’
स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा तेस्रो बुँदा सम्लग्न नभएको र आफूलाई आवासीय चिकित्सकले पठाएको विषयलाई जस्ताको तस्तै स्वास्थ्य मन्त्रालयमा पठाएको उनले बताइन् ।
पहिलो बुँदामा निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएको थियो ।
Leave a Reply