ग्लोबल टिभि
0
माघ २१- निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।
वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विधेयक ल्याएको मन्त्री भण्डारीले बताएका छन् ।
मन्त्रालयका अनुसार निकासी, पैठारीलाई प्रभावकारी बनाउने, निकासी सम्बन्धी कार्यलाई थप सहजीकरण गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अन्तर्गत यो विधेयक आएको हो ।
राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बनाएर देशको आर्थिक विकासमा सहयोग पुर्याउने विधेयकको उद्देश्य छ ।
Post Views: 65
Leave a Reply