हाम्रा विद्यार्थी बोर्डिङ पढेका भन्दा कमजोर छैनन्-प्रकाशमान

 ग्लोबल टिभि           0

माघ ‍२१-  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताएका छन्।

सोमबार पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकको नेतृत्व गरेदेखि नै सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिँदै आएको बताए।

अहिले पनि संघ, प्रदेश र स्थानीय सरकार मिलेर समुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तर वृद्धिमा जोड दिइरहेको बताए। सामुदायिक विद्यालयहरू गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्रभन्दा कमजोर नरहेको बताए।

उनले भने, ‘मैले यो क्षेत्रको नेतृत्व गर्दै आइसकेपछि स्कुलहरुमा, त्यसमा पनि सामुदायिक विद्यालयहरुको शैक्षिक वातावरण जुन छ त्यसमा सुधार ल्याउनका लागि, पूर्वाधारहरुको आवश्यक हुन्छ, त्यसलाई जोड दिएर हामीले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रभित्र पर्ने सम्पूर्ण सामुदायिक स्कुलहरुमा हामीले यहाँ जोड दिएका छौँ। संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामुदायिक विद्यालयको पूर्वाधार निर्माण गर्न सक्दो काम गरेका छौँ। शैक्षिक स्तरमा यो क्षेत्रका सामुदायिक विद्यालयको पनि निजीको भन्दा कम छैन। हाम्रो निर्वाचन क्षेत्रमा त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि निजीको भन्दा केही कमी छैन।ु

उपप्रधानमन्त्री सिंहले विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेकुरामा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *