ग्लोबल टिभि
0
माघ २५- त्रिकोणात्मक टी २० सिरिजको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो।
नेपालका लागि सम्झना खड्काले १७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कप्तान इन्दु बर्माले १० रन बनाउँदा कविता जोशीले १४ रन बनाउँदा राजमती ऐरीले ११ रनको नटआउट इनिङ खेलिन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा थाइल्यान्ड ओनाची कामचोम्पूले ३ विकेट लिँदा चानिदा सुथुरुङ, नत्या बोचाथम र सुलपोर्न लाओमीले १(१ विकेट लिएका थिए।
सिरिजमा नेदरल्यान्ड्स र थाइल्यान्डको समान ३(३ जित सहित ६ अङ्क रहेको छ। नेटरनरेटमा थइल्यान्ड अघि रहेको छ। आजको खेलमा जित निकाले थाइल्यान्ड च्याम्पियन बन्ने छ।
Post Views: 89
Leave a Reply